प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असार ११ गते । रौतहटको परोहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपियाँको बजेट ल्याएको छ ।
परोहा नगरपालिकाको सभाहलमा मङ्गलबारका दिन नगरप्रमुख शेख वकिलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुहुँदै कृषिमा नगरपालिकाले क्रान्ति ल्याउने खालका कामलाई प्राथमिकताका साथ राखेको बताउनुभयो ।
नवौं नगरसभामा नगरप्रमुख वकिलले आर्थिक वर्ष २०८२/०८३ मा चालू तर्फ ३४ करोड १९ लाख ९५ हजार तीन सय ४४ रुपियाँ र पुजिगत तर्फ १९ करोड ४७ लाख ८६ हजार सात सय २० रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । आयुर्वेद उपचार पद्धतिलाइ प्रवर्धन गरिने, बालबिबाह मुक्त नगरपालिका घोषणा गर्न कार्यक्रम सञ्चलान, अपाङ्गता हेल्प डेस्क सञ्चालन कृषि क्षेत्रको उत्पादन बढाउन सिँचाइ प्रणालिमा विशेष जोड ,कृषि सिँचाइका लाई कृषि विद्युतीकरण र ट्युबेल जडान कार्यलाइ प्राथमिकतालगायतका कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख वकिलले बताउनुभयो ।
प्रस्तुत नीति, कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ राखिएको नगरप्रमुख वकिलले बताउनुभयो । यसै वर्ष प्रदेश सरकारबाट प्राप्त हुने बारुण यन्त्रको उचित सञ्चालन एवम् व्यवस्थापन गरी नगरवासीलाई सेवा प्रदान गर्ने नगरप्रमुख वकिलले जानकारी दिनुभयोे ।