बाबुराम शर्मा
दोलखा, असार ६ गते । दोलखाको भीमेश्वर नगरपालिकामा करोडभन्दा बढी लागतमा निर्माणाधीन चार वटा पुल आर्थिक अभावमा निर्माण सम्पन्न हुन सकेका छैनन् ।
आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न हुनुपर्ने एक रोड ३८ लाख ३८ हजार ९९५ रुपियाँ बजेटका चार वटा पुल सङ्घीय बजेट १० लाख रुपियाँ मात्र आएपछि निर्माण अलपत्र परेका अधिकृत छैठौँ सहायक ईन्जिनियर लिलाबहादुर जिरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार संघको ८५ प्रतिशत, नगरको १५ प्रतिशत र उपभोक्ताको दुई प्रतशतमा निर्माण सुरु भएका यी चार पुलका लागि संघको मात्र १० लाख बजेट आएपछि निर्माण अलपत्र परेको हो । प्रतिशत ८५ का दरले संघले एक करोड १७ लाख ६३ हजार १४५ रुपियाँ पठाउनुपर्ने हो । नगरपालिकाको १७ लाख ९९ हजार र उपभोक्ताको दुई लाख ७६ हजार ७७९ रुपियाँको मात्र काम भएको छ ।
बजेट अभाव हुँदा निर्माण अघि बढ्न सकेको छैन । निर्माण भएको कामको पनि रकम दिन नसकिएको अधिकृत छैठौँ सहायक ईन्जिनियर जिरेलले दुःखेसो पोख्नु भयो ।
वडा नम्बर ९ को ३० लाख १४ हजार १७० लागतको २८ मिटर लम्बाइ सुलिस खोला ट्रस पुल र वडा नम्बर ७ को ३१ लाख ६३ हजार ९०७ बजेटको ३२ मिटर लम्बाइको भुतछहरा झोलुङगे पुल निर्माण सम्पन्न हुन लागेका छन् भने वडा नम्बर १ का ३४ लाख ७३ हजार ८६४ बजेटको ५९ मिटर लम्बाइको पुला खोला पुल र ४१ लाख ८७ हजार ३२ रुपियाके करिब ९० प्रतिशत निर्माण भएका छन् ।
उपभोक्ता समितिले स्थानीय सामान ढुवानी तथा निर्माण गर्नु पर्ने हुन्छ भने ठेकेदारले फलामे सामान ढुवानी मात्र गर्दछ । अपर्याप्त बजेट आउँदा तीन/चार वर्षमा बल्ल पुलहरु निर्माण सम्पन्न हुने गरेको उहाँले गुनासो पोख्नु भयो । कुथली खोला झोलुङगे पुल