• ६ असार २०८२, शुक्रबार

नेसनल लाइफको लाभांश पारित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते  । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न ३७ औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ मा व्यवसाय सन्तोषनजनक रहेको बताइएको छ । कम्पनीको कुल बिमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको जनाइएको छ ।

समीक्षा वर्षको सञ्चालनबाट जम्मा १३६८.१८ करोड रुपियाँ खुद थप रकम कुल बिमा करार दायित्वमा सारिएको छ र कुल बिमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई वर्षान्तमा ७९६०.१८ करोड पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ति एवं आंशिक अवधि समाप्ति दाबी, सर्मपण मूल्य, दाबी एवं अन्य दाबी भुक्तानीमा ८३२.८२ करोड भुक्तानी गरेको छ ।