• ६ जेठ २०८१, आइतबार

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

blog

काठमाडौं, असार १ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ सयले घटेर ९६ हजार ५ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।