• १ असार २०८२, आइतबार

मासुको हड्डी अड्किएर वृद्धाको मृत्यु

blog

सन्तोष सुवेदी
पाख्रीबास, जेठ ३१ गते ।
धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित मुर्तिढुङ्गामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक वृद्धको मृत्यु भएको छ । मासु खाने क्रममा हड्डी अड्किदा ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो ।

यही जेठ २१ गते राति घरमा मासु खाँदा हड्डी अड्किएको थियो । घाँटीमा मासुको हड्डी अड्किएपछि लिम्बूलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । शुक्रबार राति उपचारका क्रममा विराट टिचिङ अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता डीएसपी खनालका अनुसार उपचारको क्रममा शुक्रबार राति करिब  १०ः३० बजे लिम्बूको मृत्यु भएको हो । अड्किएको हड्डी चिकित्सकले निकाले पनि घाँटीमा घाउ भएका कारण मृत्यु भएको प्रहरीको भनाइ छ ।