• ५ साउन २०८१, शनिबार

एकीकृत समाजवादीको स्थायी कमिटीमा निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत

blog

काठमाडौं, जेठ ३१ गते। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकमा स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदन प्रस्तुत भएको छ।

केन्द्रीय सचिवालयले तयार पारेको निर्वाचनको समिक्षा प्रतिवेदन मंगलबारको बैठकमा प्रस्तुत भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। प्रतिवेदनमाथि सातै प्रदेशका ईन्चार्ज र अध्यक्षहरुको आ-आफ्नो धारणा राख्नुभएको छ।

“स्थायी कमिटीको आजको बैठकमा धेरै महत्वपूर्ण निर्णय गरिएको छैन। मुख्य एजेण्डा चाहिँ निर्वाचन सम्बन्धि समीक्षा प्रतिवेदन तयार गरेको थियो, त्यो स्थायी कमिटीमा प्रस्तुत भयो”, उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महासचिव वेदुराम भुषालले बैठक सञ्चालन गर्नुभयो।”

यसैगरी, सम्मानित नेता झलनाथ खनालले समसामयिक राजनीतिक विषयवस्तु, भावी रणनीति एवम् कार्यदिशाका विषयमा विचार राख्नुभएको उहाँले उल्लेख गर्नुभयो।

बैठकमा नेता डा. विजय पौडेल केही दिनदेखि उपचाररत हुनुभएकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार पनि चल्नेछ। 

बुधबारको बैठकमा निर्वाचनको समीक्षा प्रतिवेदनमाथि बृहत छलफल हुने, समसामयिक प्रस्ताव पारित हुने खतिवडाले बताउनुभयो।