• २९ जेठ २०८२, बिहिबार

पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना

blog

पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा परेकाको उद्धार गरिँदै । तस्बिर: सशस्त्र प्रहरी

काठमाडौँ, जेठ २८ गते । पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटना स्थलबाट चार जनाको सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बिच भागमा खसेको थियो । 

दिउसो करिब ३ बजे भएको दुर्घटनामा तत्कालै सशस्त्र प्रहरीको टोलीले  रेस्क्यु गरेको थियो । सकुशल उद्धार गरेको हो । 

उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र  २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।