• ३० जेठ २०८२, शुक्रबार

बाढीले ग्रामीण मोटरबाटो पूर्णरूपमा अवरुद्ध

blog

बाढीले छोपिएको ‘सल्यान अटोभिलेज’ मा राखिएको गाडी । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, जेठ २८ गते । सल्यानमा गएरातिको वर्षासँगै आएको बाढीका कारण शारदा नगरपालिकाको ग्रामीण मोटर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । 

सदरमुकाम खलङ्गा नजिकै रहेको शारदा नगरपालिका–१२ स्थित लेकबेँसी ग्रामीण मोटर बाटो पूर्णरूपमा अवरुद्ध भएको वडाध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिनुभयो ।

बाढीले बाटोको संरचना भत्काएको छ भने स्थानीय जनजीवन अस्तव्यस्त बनेको उहाँले बताउनुभयो ।‘सल्यान अटोभिलेज’ समेत बाढी पसेको छ । मर्मतका लागि ल्याइएका गाडीहरू मध्ये केही गाडी बाढी, भेलमा आधा भागसम्म पुरिएका छन् ।