• २९ जेठ २०८२, बिहिबार

पुस्तकालयले ल्याएको परिवर्तन

blog

भावना रोकाय 

कक्षाः ८, जनउद्धार मावि

गाम्चा, बुढानीलकण्ठ

हाम्रो विद्यालयमा पुस्तकालय छ । म नियमित जसो पुस्तकालय जाने गर्दछु । विद्यालयको पुस्तकालयबाट पुस्तक पढेर मैले लिएका फाइदाबारे तपाईंहरूलाई केही अनुभव सुनाउन चाहन्छु ।  

हामी सबैलाई थाहा भएकै कुरा हो– पुस्तक ज्ञानको स्रोत हो । पुस्तकमा लेखिएका कुरामा मानिसका जीवनका अनुभव, अनुभूति, भावना, विचार हुने गर्दछन्, जुन हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् । पुस्तकलाई हामी ज्ञानको प्रतीक मानेर पुज्छौँ । पुस्तक सङ्कलन गरेर पढ्नका लागि सुविधा उपलब्ध गराइएको ठाउँलाई हामी पुस्तकालय भन्छौँ । अहिले हरेक विद्यालयमा पुस्तकालय हुने गर्दछ । मैले विगत केही वर्षदेखि नियमित रूपमा हाम्रो विद्यालयको पुस्तकालयबाट पुस्तक लगेर पढ्ने गरेकी छु । मैले आजसम्म धेरै पुस्तक पढिसकेकी छु । म नियमित रूपमा पुस्तक पढ्ने गर्छु । 

निबन्ध, चिठी, कथा, कविता, नाटक, मनोवाद, दैनिकीलगायतका विधामा पुस्तक लेखिएका हुन्छन् । हामीले विद्यालयमा कक्षागत रूपमा पढिने पुस्तकमा लेखिएका कुरा पढ्न हामीलाई कहिलेकाहीँ बोझिलो महसुस हुन्छ । अन्य पुस्तक पढ्दा रमाइलो लाग्छ । पुस्तकालयबाट पुस्तक पढ्नका लागि निःशुल्क पाइन्छ । यी पुस्तक पढ्दा ज्ञान पनि बढ्ने रहेछ । पढाइमा सहयोग पुग्ने गरेको छ । मैले पुस्तक पढेर कविता, कथा, दैनिकी लेख्न तालिका बनाउन सिकेकी छु । फुर्सदको समयमा यी काम गर्दा मलाई आनन्द लाग्छ । मैले साथीहरूलाई पनि पुस्तक पढ्न सल्लाह दिने गरेकी छु । अचेल उनीहरू पनि पढ्न थालेका छन् । 

आजकाल धेरै विद्यार्थीको हातमा मोबाइल फोन हुन्छ । धेरै जनाले गेम खेलेर समय बिताउँछन् । पढ्न लेख्नतर्फ ध्यान दिँदैनन् । त्यसो गर्दा पढाइमा असर परेको छ । उनीहरूलाई पाठ्यपुस्तकका सामान्य कुरा पढ्न गाह्रो हुने गरेको छ । मोबाइल फोनको प्रयोग आवश्यक र चाहिने काममा मात्र गर्नु पर्छ । पुस्तक पढ्ने बानी बसाल्यौँ भने हाम्रो ज्ञान बढ्छ । त्यसैले मेरा साथी र अन्य विद्यार्थी साथीलाई पनि पुस्तक पढेर पुस्तकालयको फाइदा लिन आग्रह गर्दछु । 

    मुना