• २२ जेठ २०८२, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो

blog

काठमाडौँ, जेठ २०  गते ।  अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको  मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  रासस