• २२ जेठ २०८२, बिहिबार

नर्भिकमा विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन

blog

थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल

काठमाडौँ, जेठ २० गते । के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।

यस्तै, स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ ।

अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झाको नेतृत्वमा निःशुल्क ओपिडी सञ्चालन गर्न लागेको हो, जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरू डा. नम्रता खड्का र डा.राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनुहुने छ ।

निःशुल्क ओपिडी दिउँसो २ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपिडी र परामर्श सेवा सञ्चालन गर्दै आएको छ ।