इनरुवा समाचारदाता
इनरुवा, जेठ १६ गते । गणतन्त्र दिवसको अवसरमा सुनसरीको इनरुवामा प्रभातफेरी कार्यक्रम गरिएको छ । बिहीबार १८ औँ गणतन्त्र दिवसका अवसरमा सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यव्रmम गरिएको हो ।
गणतन्त्र दिवस जिल्ला समारोह समिति सुनसरीको आयोजनामा निजामती कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न सङ्घ संस्थाको सहभागितामा भव्य प्रभातफेरी कार्यक्रम गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीदेखि सुरु भएको प्रभातफेरी -याली इनरुवा बजारको परिक्रमा गर्दै जिल्ला समन्वय समितिमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीपछि जिल्ला समन्वय समिति इनरुवामा झन्डोतोलनसहित आयोजना गरिएको कार्यव्रmमलाई सम्बोधन गर्दै गणतन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको समृद्धिका लागि राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो ।
गणतन्त्रलाई संस्थागत गर्न सबैमा आपसी सद्भाव, एकता र भाइचाराको आवश्यक रहेको मेहताले बताउनुभयो । उहाँले देशमा विकास र परिवर्तनका लागि २०६२–६३ सालमा राजनीतिक दलका बिचमा भएको एकता अहिलेको व्यवस्था कार्यान्वयनसँगै देशको समृद्धिका लागि पनि हुनुपर्ने बताउनुभयो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि जनताले अपेक्षा अनुसारको परिवर्तनको पूर्ण महसुस गर्न नपाउँदा केही निराशा र वितृष्णा जागेको भन्दै त्यसको अन्त्य गर्ने गरी देशको समृद्धिका लागि स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।
यसैबिच इनरुवा नगरपालिकाले समेत बिहान छुट्टै प्रभातफेरी कार्यक्रम गरेको छ । इनरुवा नगरपालिका कार्यालयबाट महानन्द पार्कसम्म प्रभातफेरी र त्यसपछि पार्कमा झन्डोतोलनसहित नगरपरिक्रमा गरिएको छ । गणतन्त्र दिवसमा निकालिएको प्रभातफेरीमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, सङ्घ संस्था र राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।
नगरपरिव्रmमा र प्रभातफेरी कार्यव्रmमपछि कोण सभा गर्दै कार्यव्रmमलाई सम्बोधन गर्नुहँुदै नगरप्रमुख केदार भण्डारीले गणतन्त्र नेपालीको चाहना, आवश्यकता र विकास अनि समृद्धिका लागि भएकाले यसको संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । दिवसको अवसरमा उपप्रमुख विनिताकुमारी मेहताले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक व्यवस्थाले जनतालाई अधिकारसम्पन्न बनाएको छ तर आर्थिक रूपमा सम्पन्न बनाउन नसक्दा जनतामा निराशा देखिन्छ । त्यसको अन्त्यका लागि राजनीतिक प्रतिबद्धता र एकतासँगै तीनै तहका सरकारले ध्यान दिनु पर्छ ।”
विकासमा पारदर्शिता, जवाफदेहिता र विधि शासन इमानदारिपूर्वक गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । मेहताले भन्नुभयो, “गणतन्त्र दिवसमा प्रभातफेरी अन्तव्रिर्mया मात्रै गरेर नहुने भएकाले त्यसमा गणतन्त्रको सार जनताको सुखद जीवन हो ।”
अनाथलाई आवासीय शिक्षा
उर्लाबारी समाचारदाताका अनुसार मोरङको कानेपोखरी–७, बरगाछीमा अनाथ र विपन्न बालबालिकाका लागि आहार तथा शिक्षा प्रदान गर्ने उद्देश्यले ‘आदर्श गृह’ को स्थापना गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर बिहीबार मर्सी डेभलपमेन्ट फाउन्डेसनका नेपाल निर्देशक सोनियाले आदर्श गृहको उद्घाटन गर्नुभयो ।
गृहमा पहिलो चरणमा ३० जना बालबालिकालाई आवासीय सेवा दिइने भएको छ । ती बालबालिकालाई स्थानीय आदर्श इङ्ग्लिस स्कुलमा अध्ययन, स्वास्थ्य उपचारको जिम्मा मर्सी डेभलपमेन्ट फाउन्डेसनको रहने छ । फाउन्डेसन अर्जेन्टिना, क्युवा र मेक्सिकोका सहयोगी हातहरूबाट नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । आदर्श इङ्ग्लिस स्कुलका फाउन्डर नवराज श्रेष्ठले आफ्नो निजी जग्गामा झन्डै २० लाख रुपियाँ खर्चेर भवन बनाउनुभएको हो । गाउँमा अनाथ बालबालिकाका लागि आवासीय सेवासहित शैक्षिक सुविधा दिइने भएपछि स्थानीयले खुसी प्रकट गरेका छन् ।
बाबुआमाले छोडेका, बेसाहारा, सडकमा फेला परेका बालबालिकालाई शिक्षा दिने उद्देश्यले मर्सी डेभलपमेन्ट फाउन्डेसन नेपालले आदर्श गृह स्थापना गरेको निर्देशक सोनियाले बताउनुभयो ।
पाख्रीबास समाचारदाताका अनुसार धनकुटामा -यालीसहित विभिन्न कार्यव्रmमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।
गणतन्त्र दिवसको अवसरमा धनकुटाको बसपार्कबाट -यालीसहित बजार परिव्रmमा गरी धनकुटाको तल्लो टुँढीखेलमा गएर एक कार्यक्रम गरी समापन भएको थियो । धनकुटाको बसपार्कबाट ¥याली सुरु भई मदन चोक, कोशी, ग्यास हुँदै परिचयम मोड, बिचबजार, भीमनारायण चोक, माथिल्लो कोप्चे हुँदै टुँढीखेलमा पुगेर एक कार्यव्रmमको आयोजना गरी समापन भएको थियो । गणतन्त्र दिवसको अवसरमा जिल्ला सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, गैरसरकारी संस्था, विभिन्न सङ्घ संस्थालगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र अनुसन्धानलगायत जिल्लाका सुरक्षा निकायको समेत सहभागिता रहेको थियो । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यव्रmममा विभन्न जातिका जातीय सांस्कृतिक झाँकीसमेत प्रस्तु गरेका थिए । विसं २०४६ साल पश्चात् केही उपलब्धि भएको राजनीतिक दलका प्रतिनिधिले बताउनुभयो । यस्तै संविधान रक्षा गरेर गणतन्त्र दिवस मनाइरहेको हुँदा नेपाली समाजलाई सार्वभौम बनाएकै कारण खुलेर हिँड्न पाएको बताउनुभयो ।