गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करण सुरु भएको छ । जेठ १८ सम्म चल्ने महोत्सवमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी चलचित्र प्रदर्शन गरिँदै छ । जेरेमी पावर रेगेम्बलद्वारा निर्देशित ‘बिट्विन दी माउन्टेन एन्ड दी स्काई’ प्रदर्शनसँगै किम्फ सुरु भएको आयोजकले जनाएको छ । महोत्सवमा चलचित्र, टेलिशृङ्खला, कार्यशाला र प्रदर्शनी आयोजना हुँदै छन् । महोत्सव उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री मनीषा कोइरालालगायत विदेशी चलचित्रकर्मीले आआफ्ना धारणा राखेका थिए ।