• १७ जेठ २०८२, शनिबार

पिएम एनभिए कप : महिलातर्फ पुलिसलाई उपाधि

blog

महिलातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे(कास्की), १५ जेठ । नेपाल पुलिस क्लबले नवौँ पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि जितेको छ । फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हरायो । 

पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ हरायो । त्यसै गरी नेपाल पुलिस क्लब पुरुषतर्फ तेस्रो भएको छ । त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो । २७–२५, २५–२०, २३–२५ र २५–१४ ले हरायो ।

आर्मीले चौथो स्थानमा चित्त बुझायो । महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेस्टले तेस्रो भएको हो । 

थाइल्यान्डका तीन खेलाडी सम्मिलित एभरेष्टले २५–१८, १०–२५, २५–१३, २९–२७ ले खेल जितेको हो । दुबैतर्फको विजेताले आठ लाख, दोस्रो टोलीले चार लाख र तेस्रो टोलीले दुई लाख रुपियाँ प्राप्त गरेको छ । 

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्टलाई २५ हजार रुपियाँ प्रदान गरिएको छ । पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भैसकेका छन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।