• १७ जेठ २०८२, शनिबार

क्रिकेटर पूजा महतो सर्लाहीमा सम्मानित

blog

पूजा महतोलाई बिहीबार सर्लाहीमा सम्मान गरिँदै ।

जनार्जन खत्री 

सर्लाही, जेठ १५ गते । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई बिहीबार सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । 

छिमेकी जिल्ला महोत्तरीको गौशाला नगरपालिका निवासी महिला राष्ट्रिय क्रिकेट टिमकी अलराण्डर महतोलाई चन्द्रनगर गाउँपालिकाले ५५ हजार रुपियाँ र सम्मान–पत्रसहित सम्मान गरेको हो ।

मधेशको छोरी भएर पूजाले हाँसिल गरेको सफलता र यहाँका अन्य छोरीहरुलाई पनि खेल क्षेत्रमा प्रेरित गर्न सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । 

क्रिकेटर पूजालाई गाउँपालिका अध्यक्ष महतो र जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जीतेन्द्र महतो भएर सम्मान गर्नुभएको छ । पूजाले ग्रामीण क्षेत्रमा आफू जस्तै क्रिकेटरको जन्महोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभएको छ । उहाँले छोरासरह छोरीलाई पनि खेलकुदमा सहभागी गराइदिन कार्यक्रममा सहभागी अभिभावकसँग आग्रह गर्नुभएको छ । 

चन्द्रनगर गाउँपालिकाले सोही कार्यक्रममा गाउँपालिकाभित्रका दुई जना सहीद विद्या सागर महतो र शिवकुमार रामको परिवारलाई जनही २५ हजार र अधिकार प्राप्तीका लागि जेल जीवन निर्वाह गर्नुभएका गाउँपालिकावासी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई समेत २५ हजार रुपियाँसहित सम्मान–पत्रबाट सम्मान गरेको छ ।