• १७ जेठ २०८२, शनिबार

काठमाडौंमा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड

blog

काठमाडौं, जेठ १५ गते । काठमाडौं उपत्यकामा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो । 

समुदायको साझेदारीमा खोनपानीको आपूर्ति दीगो गरिनेछ । काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई एकीकृत र व्यवस्थित बनाइनेछ ।

यसका लागि खानेपानी उपत्यका वयवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालय र मेलम्ची खानेपानी आयोजनालाई एकीकृत गरिनेछ । खानेपानी मुहानको पुनरुत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।