काठमाडौं, जेठ १५ गते । सहरी विकास मन्त्रालयको लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो । आगामी वर्ष संघीय संसद र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिनेछ । पुरातात्विक महतवका शीतल निवास, हरिहर भवन, श्री महल र ग्यालरी बैठकको पुननिर्माण गरिनेछ ।
स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा मल, व्रिकेट लगायतका सामाग्री उत्पादन गरिनेछ।