• १७ जेठ २०८२, शनिबार

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । 

रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ । लगानी बोर्डमार्फत रासयनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने बताउनुभयो । माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरेको बताउनुभयो ।