• १७ जेठ २०८२, शनिबार

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते। सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको जानकारी दिनुभएको हो।