काठमाडाैं, जेठ १५ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन गरेको बताउनुभएकाे छ ।
आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटकिय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने समेत उल्लेख गर्नुभएकाे छ ।