• १७ जेठ २०८२, शनिबार

सामाजिक सुरक्षामा एक खर्ब नौ अर्ब

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षामा एक खर्ब नौ अर्ब रुपियाँ खर्च गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै खाले सामाजिक सुरक्षा भत्ताका लागि उक्त रकम विनियोजन गरेको उल्लेख गर्नुभयो ।