• १७ जेठ २०८२, शनिबार

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन भएको छ। बजेट भाषण गर्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो। बाली तथा पशु बिमा प्रिमियममा दिइने अनुदानका लागि दुई अर्ब ३० करोड विनियोजन गरिएको उहाँको भनाइ छ।

आवश्यक कृषि उपज भण्डारण र सहज बजार पहुँचका लागि सरकारी र निजी क्षेत्रको सहलगानीमा पूर्वाधार विकास गरिने छ। मूल्य श्रङ्खलाको लाभ उत्पादक किसानले प्राप्त गर्ने गरी आपूर्ती प्रणाली  र बजार सूचना प्रणालीलाई व्यवस्थित गरिने छ।

निर्माणाधीन नौ ठुला कृषि बजारको निर्माण गरी सञ्चालनमा ल्याइने छ।  अलैंची, चिया, खेती, अदुवा, बेसार, सुन्तला, अकबरे खुर्सानी, छुर्पी र दुग्ध पदार्थ गुणस्तर परीक्षणकोको प्रयोगशाला तथा परीक्षण प्रशोधन केन्द्र निर्माण गरी निर्यात प्रवर्धन गरिने छ। 

कृषि तथा पशुपक्षी बिमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने छ।