शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा वन तथा वातावरणका लागि १८ अर्ब ६१ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन तथा वातावरणको विकासका लागि उक्त रकम विनियोजन गरिएको उल्लेख गर्नुभयो ।