काठमाडौँ, जेठ १५ गते । एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार मलेसियामा गरेको समूह विभाजनमा नेपालसहित समूह ‘के’ मा ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ ।
छनोट खेलमा सहभागी एसियाका ४४ देशलाई ११ समूहमा विभाजन गरिएको छ । प्रत्यके समूहमा चार चार टोलीलाई राखिएको छ । नेपाल रहेको समूह ‘के’ को छनोट खेल आगामी सेप्टेम्बरमा ताजकिस्तानमा हुनेछ ।
समूहको शीर्ष टोली सोझै छनोट हुनेछ । उत्कृष्ट चार उपविजेता टोलीले पनि छनोटको अवसर पाउनेछन् । आयोजक देशको हिसावले साउदी अरेबिया छनोट भईसकेको छ ।