• १७ जेठ २०८२, शनिबार

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको पाँचौँ महाधिवेशन जेठ १७ र १८ गते

blog

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन यही जेठ १७ र १८ गते हुने भएको छ । महासङ्घ नेपालका अध्यक्ष डा. झलक गौतमले पत्रकार सम्मेलन गर्नुहुँदै महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन जेठ १७ र १८ गते हुने जानकारी दिनुभयो । 

खुल्ला र बन्द सत्र गरी दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासङ्घले जनाएको छ ।

महाधिवेशनले विद्यान संशोधन गर्दै नौ सदस्यीय पदाधिकारीसहित ९९ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने तयारी गरेको डा.गौतमको भनाइ छ ।  

महाधिवेशनमा देशभरिबाट विधान बमोजिम पाँच सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने आयोजकको भनाइ छ । 

महाधिवेशन सम्पन्न गर्न विभिन्न उप समितिहरू गठन गरी तयारीका कामहरु भइरहेको डा.गौतमको भनाइ छ । महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्ने कार्यमा सहयोग गर्न महासङ्घले सबैलाई अपिल गरेको छ ।

महासङ्घले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसकारी, नीजि र शिक्षण संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीका हक हितमा काम गर्दै आएको छ ।

स्वास्थ्यकर्मीको पारिश्रमिक, भत्ता, सेवा सुविधा, न्याय सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्यसम्बन्धी कानुन, नीतिगत सुधार, पूर्वधार तथा समाजिक कार्यहरूमा समेत महासङ्घले माग र पैरवी गर्दै आएको छ ।