कोकिला ढकाल
इलाम, जेठ १३ गते । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्व प्रमुख धरणीप्रसाद गौतमले प्रगतिशील लेखक संघलाई करिब ४५ लाख रुपियाँ मूल्य पर्ने आठ आना जग्गा दाान गर्नुभएको छ ।
गौतमले इलाम नगरपालिका–९ फुलगाच्छीमा रहेको जग्गा दिनुुभएको हो । नेपालको राजनीतिक इतिहासमा २००७ साल देखिनै महत्वपूर्ण योगदान दिएको पुरानो संस्था प्रगतिशील लेखक संघलाई भविष्य सम्म जीवित राख्न यो जग्गा निःशुल्क दिएको गौतमले बताउनुुभयो ।
गौतमले उपलब्ध गराएको जग्गामा संघको कार्यालय, तल्लो तलामा नाटक घर, सभाहल सहितको भवन निर्माण गरिने संघका केन्द्रीय अध्यक्ष डाक्टर देवीश्रेत्री दुुलालले बताउनुु भयो । ‘कला संस्कृतिको जगेर्ना गर्न हामी लागि परेका छौं ।’ डाक्टर दुुलालले भन्नुुभयो ‘जिल्ला देखि केन्द्र सम्मनै यो कामले उत्साहित बनाएको छ ।’
गौतमले संघको जिल्ला कार्यालयका लागि निःशुुल्क एउटा कोठा, सोफा सेट र दराज समेत प्रदान गर्नुभएको छ ।