• १५ जेठ २०८२, बिहिबार

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

blog

जुडोमा पदक विजेता खेलाडी ।

काठमाडौँ, जेठ १३ गते । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन् । 

नेपालले थप एक रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कांस्य जितेका छन्। प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । 

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाउनुभयो । 

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जित्नुभयो। पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य जित्नुभयो । 

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । ति मध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुनुहुन्छ । प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहनुभएको थियो । 

राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो । बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, आठ रजत र १० कांस्यसहित टिम च्याम्पियन बन्यो ।