किमाथाङ्का (सङ्खुवासभा), जेठ १२ गते । दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला-३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका-१ बाट गत शुक्रबार पक्राउ गरिएको हो । उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ । प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान गरिरहेको जनाएको छ । रासस