• २० जेठ २०८२, मङ्गलबार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

blog

राधा लुइटेल
फिदिम, जेठ १२ गते ।
पाँचथर याङवरक गाउँपालिका–५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा श्रीमान कृष्ण लिङदेनले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको ४० वर्षीया सम्झना भट्टराईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।

घटना गत वैशाख ३ गतेको हो । श्रीमान लिङदेनले कुटपिट गर्दा भट्टराईको आन्द्रामा चोट देखिएको थियो ।

सुरुमा पाँचथर अस्पताल भर्ना हुनुभएको भट्टराईको त्यहाँ उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । धराममा उपचारकै क्रममा आज निधन भएको प्रहरीले जनाएको हो । 

प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार लिङदेनलाई धरानबाट नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।