• २१ वैशाख २०८१, शुक्रबार

घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

blog

चितुवाको आक्रमणबाट घाईते भएकी बालिका रियाना थापा । तस्बिरः अमरराज नहर्की

तनहुँ, भदौ २९ गते । घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते हुनभएकाे डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

घरमै बसी रहेकाे अवस्थामा चितुवाले आक्रमण गरेको परिवारजनले जानकारी दिएकाे काफ्लेले जानकारी दिनुभयो । बालिकालाई आक्रमण गर्ने विक्तिकै बुबा र आमा चिच्चाउँदै छुटाउन जाने क्रममा चितुवा भागेको उहाँले जानकारी दिनुभयो । घाईते बालिकाको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजार स्थित मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती मेडिकल सञ्चालक तथा बन्दीपुर गाउँपालिकाको निर्वतमान अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । बालिका हाल स्वास्थ्य सुधार हुँदै गएको थापाले जानकारी दिनुभयो । सो क्षेत्रमा खोर बनाई चितुवालाई पासो पार्ने योजना बनाईएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख काफ्ले बताउनुहुन्छ । 

Author

अमरराज नहर्की