विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ ९ गते । सप्तरीको खडक नगरपालिका– ७ मा रहेको नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखमा चोरी भएको छ ।
शुक्रबार राति करिब १२ः२० बजे बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु एक थान चोरी भएको हो ।
बैंकको सुरक्षा गार्ड सप्तरीको शम्भुनाथ नगरपालिका–७ का ३९ वर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका–५ का ४४ वर्षीय परशुराम चौधरी दुवैजना बैंकको सुरक्षा गार्ड सुत्ने कोठाको दराजबाट उक्त परिमाणको सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना पश्चात इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको र सिरहा प्रहरीको सहयोगमा एक जनालाई नियन्त्रणमा लिइएको छ ।
सप्तरीको खडक नगरपालिका–६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारीलाई सिरहा प्रहरीको सहयोगमा नियन्त्रमा लिइएको हो ।
अन्सारीको साथबाट चोरी भएका सामान र स६प ५४७३ नम्बरको टिभिएस स्ट्राईकर मोटरसाइकल समेत बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो