काठमाडौँ, जेठ ७ गते । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैँकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथ ग्रहण गराउनुभएको हो ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । रासस
यो पनि पढ्नुहोस