• ६ जेठ २०८२, मङ्गलबार

करातेमा नेपाल च्याम्पियन

blog

काठमाडौँ, जेठ ५ गते । सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ३५ स्वर्णसहित टिम प्रथम भएको  हो । 

नेपालबाट सहभागीमध्ये आयोजक नक्साल डोजोले सर्वाधिक ६ स्वर्ण र चार रजत जित्यो । यस्तै १४ स्वर्ण २३ रजत र ४४ कांस्यसहित भारत टिम दोश्रो भयो ।

एक स्वर्ण एक रजत दुई कांस्यसहित वङ्लादेश तेश्रो र एक स्वर्ण पदकसहित कतारले चौथो स्थानमा चित्त बुझायो । नुवाकोट कराते टिम अनुशासित टिम भयो भने न्युटन स्कुलले उत्कृष्ट मार्चपासको उपाधि चुम्यो । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासङघका महासचिव दावा गुरुङ, प्रतियोगिता संयोजक गजेन्द्रवहादुर खपाङ्गीलगायउतले पुरस्कार प्रदान गर्नुभयो ।