• ४ साउन २०८१, शुक्रबार

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक (फोटो फिचर)

blog

शालिग्राम नेपाल

चितवन, जेठ २६ गते। चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुई ठाउँमा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध छ। बुधबार राति ११ बजेदेखि  अवरुद्ध राजमार्ग अझसम्म पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नम्बर ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा बिहान ४ बजे पहिरो खसेर  उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

   

पहिरो पन्छाएर सडक खुलाउने प्रयास सफल हुन सकेको छैन। आंशिक रुपमा सञ्चालन भए पनि राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसकेको हो। पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो।