जीवछ यादव
लहान, वैशाख २६ गते । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानमा बजार अनुगमन गरिएको छ । लहानमा दर्जनौं पसलहरु मपदण्ड विपरित सञ्चालन भएकोले अनुगमन गरिएको हो ।
बजार अनुगमनको क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएको व्यवसायको नविकरण नगरिएको, खरिदबिक्रीको बिलबिजक नभएको र मूल्य सूची बेगर नै पसल सञ्चालनमा रहेको पाइएको छ ।
अनुगमन टोलीले यस्ता पसलहरुलाई जरिवना तोकिएकाे छ । अनिता जेनरल स्टोर्सलाई रु २० हजार, समया ट्रेडर्सलाई पन्ध्र हजार, श्याम इलोक्ट्रेललाई दस हजार र माँ इन्टरप्राइजेजलाई पाँच हजार जरिवाना तोकिएको छ ।
महाबीर बस्त्रालय, बाबा फेन्सी स्टोर्स, नीतिश ट्रेडर्स एण्ड सप्लायर्स, विवेक शु सेन्टर,प्रिया जेनरल स्टोर्स, ओम किराना, हरे कृष्ण इम्पेरियन र अर्चिड क्याफेलाई सचेत गारएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायका अनुसार यी पसलका सञ्चालकहरुलाई तीन दिनभित्र पसलमा मूल्य सूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ । यदि व्यवसायीले अटेरी गरे कानुन बमोजिम कार्वाही गरिने अधिकृत रायले बताउनुभयो ।
यसैगरी वाणिज्य आफूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा,वीरगञ्जका प्रतिनिधि मधुरेश प्रसाद साहले पहिलो पटक भएको बजार अनुगमन अखाद्यवस्तु विक्री गर्ने व्यवसायीहरुलाई सचेत गराइएको र दोस्रो पटक गरिने अनुगमनमा मापदण्ड पुरा गरिएको नपाएमा कनुन बमोजिम कार्वाही गरिने प्रष्टयाउनुभयो ।
सरकारले निर्धारण गरेको नीति नियम व्यवसायीले पूर्णरुपमा पालना गर्नुपर्ने जिल्ला उद्याृेग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारडाले आगामी दिनमा व्यवसायीलाई स्थायी लेखा नम्बर, दर्ता प्रमाणपत्र, नापतौल प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयको दर्ता प्रमाणपत्र र खरिदबिक्रीको बिल जस्ता आवश्यक कागजातहरु राख्न र नविकरण गर्न आग्रह गर्नुभयो ।
वणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान,जिलला उद्योग वाणिज्य संघ लहान सिरहा र सशस्त्रबल प्रहरीका प्रतिनिधिहरु सहभागी अनुगमन टोलीले अनुगमन गरेका थिए ।