• २५ वैशाख २०८२, बिहिबार

अर्जुनचौपारी फुटबल कपको तयारी

blog

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख २४ गते । अर्जुनचौपारी गाउँपालिकामा प्रथम अर्जुनचौपारी फुटबल कप–२०८२ को तयारी गरिएको छ । 

यहाँको युथफर अर्जुनचौपारीले खुला क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिन लागिएको क्लबका अध्यक्ष विवेक भुसालले जानकारी दिनुभयो । 

वैशाख २६ देखि २९ गतेसम्म अर्जुनचौपारी गाउँपालिका–१ अर्जुनचौपारी खेलमैदानमा प्रतियोगिता हुने भुसालले बताउनुभयो । 

पालिकामा अहिले सम्मकै इतिहासमा पहिलो पटक फुटबल प्रतियोगिता गरिएको हो । प्रतियोगिताको विजेताले ७१ हजार १११, उपविजेताले ४१ हजार १११ र तेस्रो हुनेले २१ हजार १११ रुपियाँ पुरस्कार पाउने छ । 

२० क्लबको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितमा म्यान अफ दी म्याच, बेस्ट प्लेयर, बेस्ट गोलकिपर र बेस्ट स्ट्राइकरलाई पनि उत्कृष्ट पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।