• २० वैशाख २०८२, शनिबार

‘कोइलाखाद’ विमोचन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २० गते  । मजदुर दिवसका अवसरमा श्याम सिङ्घकको उपन्यास ‘कोइलाखाद’ विमोचन भएको छ । सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा लेखक नयनराज पाण्ड,े अध्येता कैलाश राई र सिङ्घकले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो । 

लेखक पाण्डेले उपन्यासकार सिङ्घकको ले प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यास धेरैभन्दा धेरै मात्रामा लेखिनुपर्ने धारणा व्यक्त गर्नुभयो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुवाद हुनुपर्ने उहाँको धारणा थियो । साहित्यकार राईले उपन्यासमा कोइलाखादसम्बन्धी धेरै दस्ताबेज रहेकाले यसलाई अनुसन्धानको पाटोबाट हेर्नुपर्ने बताउनुभयो । कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको आर्थिक, सामाजिक र राजनीतिक पक्षलाई  साह्रै मिहिन ढङ्गबाट लेखकले पुस्तकमा समेटेको उहाँले बताउनुभयो ।