• २१ असार २०८१, शुक्रबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

blog

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २४ गते ।
भक्तपुरको लोकन्थली चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प १६२० नं.को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नंं.को दूधको ट्याङ्करले ठक्कर दिँदा स्कुटी चालकको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते हुनुभएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.५ बस्ने ४५ वर्षीय नकुल थापाको  उपचारको क्रममा नागरिक अस्पताल ठिमीमा मङ्गलबार बिहान साढे चार बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक भक्तपुर नगरपालिका वडा नं.२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई नियन्त्रणमा  लिएर थप अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) राजु पाण्डेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।