• २० असार २०८१, बिहिबार

गृहमन्त्री खाणद्वारा बर्दिया घटनाको छानबिन गर्न समिति गठन

blog

काठमाडौं, जेठ २४ गते । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं २ मा सोमबार नवीना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाउनुभएको हो ।

समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य हुनुहुन्छ ।