• ३ वैशाख २०८२, बुधबार

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह लोहन्द्र पुल उद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

मोरङ, वैशाख ३ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । बुधबार उपप्रधानमन्त्री सिंहले लोहन्द्र पुल उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।जहदा र कटहरी जोड्ने पुलको उहाँले आजै उद्घाटन गर्नुभयो ।

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटनभयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताउनुभयो ।