• ४ वैशाख २०८२, बिहिबार

संस्कृति जोगाउँदै वैशाखभरि सिरुवा मेला

blog

जयकृष्ण यादव
इनरुवा, वैशाख २ गते ।
सुनसरीको विभिन्न स्थानमा वैशाख मेला तथा सिरुवा मेला लाग्ने क्रम सुरु भएको छ । नयाँ वर्षको सुरुसँगै कोशी गाउँपालिका २ र भोक्राहा नरसिंह गाउँपालिका ३ को सलहेस मन्दिरमा तीन दिने सिरुवा मेला लागेको छ ।

सांस्कृतिक कार्यक्रमसहितको तीन दिने सिरुवा मेला लागेको सलहेस मेला समितिका संयोजक जुगेश्वर यादवले जानकारी दिनुभयो ।

मधेशी तथा थारू सुमदायले आफ्नो मौलिक संस्कार र संस्कृति जोगाउदै स्थानीय थान तथा मन्दिरमा पूजापाससहित नयाँ वर्षको पहिलो दिनदेखि वैशाखभरि नै सिरुवा मेला विभिन्न स्थानमा लगाउने गरेको जनाएको छ ।

चैत्रको अन्तिम साता थारूहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा (बाहिर) मनाउने गरेका र बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु भएको थारू संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो ।

सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थानमा वैशाख १ गतेदेखि तीन दिने मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु भएको छ । 

सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु भएको छ । त्यसैगरी, इनरुवा ७ को चान्दबेलामा, बबिया, सतैरझोरा, इटहरी १६ मा जब्दी मेला, इनरुवाको भगवती मन्दिरको सिरुवा मेलासहित वैशाखभरि यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ ।