• २ वैशाख २०८२, मङ्गलबार

तमानखोलामा जिप दुर्घटनाः एक जनाको अवस्था गम्भीर

blog

बागलुङको तमानखोला गाउँपालिकामा दुर्घटना भएको पिकअप जिप ।

अर्जुन कार्की
काठेखोला (बागलुङ), वैशाख १ गते ।
बागलुङको तमानखोला गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरी तर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप वडा नं. २ कटेरीमा दुर्घटना चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिनुभयो । उहाँले बागलुङको गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विकको अवस्था गम्भीर रहेको बताउनुभयो ।

दुर्घटनामा जम्ला कन्का सुन्दरी गाउँपालिका–२ बस्ने वजर्ष २६ का प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका–६ बस्ने वर्ष ३२ का सुदर्शन कुसारी, बागलुङ तमानखोला गाउँपालिका–१ बस्ने वर्ष २९ का सचिन विक, वर्ष ६३ की ईन्द्र कुमारी गिरी, वर्ष ५२ की मनसरी शेरचन, वर्ष २५ की बसन्ति मगर, वर्ष २७ का शुसिल रसाईली, वर्ष १२ की मनि मगर, तमानखोला गाउँपालिका–२ बस्ने वर्ष २० की झरना गिरी र रुकुम पश्चिम चौर जहारी नगरपालिका–१३ वस्ने वर्ष २३ का नविन मल्ल घाईते भएका छन् । उनीहरुको हात, खुट्टा, टाउँको र ढाडमा चोट लागेको छ ।

घाइते सबैको बुर्तिबाङ अस्पताल बागलुङमा उपचार भइरहेको डिएसपि यादवले बताउनुभयो । जिप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिन गएको छ ।

यो पनि पढ्नुहोस

बागलुङको तमानखोलामा जिप दुर्घटना : १० जना घाइते