गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३१ गते । विश्व ज्योतिष महासङ्घको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौँमा भएको कार्यव्रmममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. कृष्ण अधिकारीले आकाशीय पिण्ड र ग्रहहरूमा देखिएका समस्यालाई विश्व ज्योतिष महासङ्घले समस्यालाई सुल्झाउन सक्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराईले ज्योतिषीय क्षेत्रको अनुगमनको आधिकारिक निकाय नभएकाले यसका लागि नेपाल सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
कार्यव्रmम विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा. लोकराज पौडेलको अध्यक्षता, उपाध्यक्ष ताराप्रसाद नेपालको स्वागत, उपाध्यक्ष नरेश सिंहको धन्यवाद ज्ञापन एवं महासचिव राजीव आचार्यको सञ्चालनमा सम्पन्न भएको प्रवक्ता आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।