• १७ असार २०८१, सोमबार

अटो चालकको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध

blog

तस्बिरः गोविन्द रेग्मी

धादिङ, जेठ २१ गते। धादिङको थाक्रे गाउँपालिका-१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा शनिबार अटो चालकको मृत्यु भएको छ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३-००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका-५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ। पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन्।