• २० चैत २०८१, बुधबार

तिलाकर्णाली क्याम्पसमा दोस्रो पटक सिंह विजयी

blog

स्ववियु अध्यक्षमा निर्वाचित हिक्मत सिंह । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत १९ गते ।
कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारी हिक्मत सिंह विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका सिंह स्ववियु अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदमा विजयी सिंहले ७२ मतसहित विजयी हुनुभएको भने उहाँका प्रत्यासी दिपा शाहीको समूहका सचिव पदका उम्मेदवार खगेन्द्र पाण्डेले ७१ मत ल्याएर निर्वाचित हुनुभएको छ । शाहीले भने ५७ मत प्राप्त गर्नुभयो । अध्यक्षमा निर्वाचित सिंह समूहका सचिव पदका उम्मेदवार उमेश शाहीले ५७ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा सिंह समूहका मिना शाहीले ६३ मत प्राप्त गरे विजयी हुदा शाही समूहका दुर्गबहादुर शाहीले ६२ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जम्मा एक मतको मात्र अन्तर परेको छ ।

तिलाकर्णाली बहुमुखी क्याम्पसमा सिहं दोस्रो कार्यकालका लागि अध्यक्षतमा निर्वाचित हुनुभएको हो । यस अघि पनि सिंह अनेरास्ववियुसँगको तालमेलमा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । यो पटक भने सिंहको संयुक्त गठबन्धन रहेको थियो । क्रान्तिकारीले राप्रपा, नेकपा (एकीकृत समाजवादी) पार्टी र नेमकिपा निकटका विद्यार्थी सङ्गठनसँग तालमेल गरेको थियो ।

यता अनेरास्ववियु र नेविसङ्घको गठबन्धनमा अनेरास्ववियुका शाही अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । दिपाको समूहबाट सचिव पदमा लढेका खगेन्द्र पाण्डे भने निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले भने तीन मत मात्र प्राप्त गर्नुभयो ।