• १६ चैत २०८१, शनिबार

महिला एसियन कप छनोट : नेपाल ‘पट–२’ मा

blog

नेपाली महिला फुटबल टोली । फाइल तस्बिर

काठमाडौँ, चैत १३ गते । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको  ‘पट–२’ मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले  बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार ‘पट–२’ मा नेपालसहित इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम र मलेसिया परेको छ । 

यस्तै ‘पट–१’ मा भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान तथा ‘पट–३’ मा मा कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बङ्गलादेश, काजकिस्तान र प्यालेस्टाइन रहेको छ । 

‘पट–४’ मा तुर्किमिस्तान, ताजकिस्तान, सिङ्गापुर, पाकिस्तान, श्रीलङ्का, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरेबिया तथा ‘पट–५’ मा इराक र भुटान मात्र परेको छ । प्रतियोगिताको मुख्य ‘ड्र’ बिहीबार मलेसियामा हुने एएफसीले जनाएको छ ।

छनोट चरणमा एसियाका ३४ देशबिच प्रतिस्पर्धा हुनेछ । छनोटका खेलहरु  भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानले आयोजना गर्नेछ । प्रत्येक समूहका विजेताले एएफसी महिला एसिया कपमा स्थान बनाउने छन् ।