काठमाडौं, चैत १३ गते । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि विरोध गर्ने निर्णय भएको बताउनुभयो ।
सरकारले कुलमानलाई दुई तिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाइको अर्थ रहँदैन । उहाँले सदनमा प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णयको विरुद्धमा विरोध गर्ने बताउनुभयो ।