• १३ चैत २०८१, बुधबार

बोलेरो दुर्घटनामा आठजना घाइते

blog

दुर्घटनाग्रस्त बोलेरो । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत १२ गते । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ डाडामाडुमा बोलेरो दुर्घटना भएको छ ।  सुर्खेतबाट कुमालगाउँ कालीकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा आठ जना घाइते भएका छन् ।  

क.प्र.०२००२ च ०७०७ नम्बरको डबलक्याप बोलेरो ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी २० मिटर तल खसेर दुर्घटना  भएको प्रहरीले जनाएको छ ।  घटना स्थलमा प्रहरी नायब निरीक्षक जयाल प्रसाद यादवको कमाण्डमा चारजनाको टोली खटिई घाइतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी रामप्रसाद पाण्डेका अनुसार घाइतेको  योगी नरहरीनाथ अस्पताल कुमालगाउँ कालीकोटमा उपचार भइरहेको छ ।

दुर्घटनामा जिल्ला कालीकोट नरहरिनाथ गाउँपलिका वडा न ४ गोठी बस्ने अनिल कुमार बोहोरा, भरता बस्ने बिष्णु बहादुर बिष्ट, कुमालगाउँ बस्ने राजेन्द्र बुढा,  नरहरीनाथ-५ रुप्सा बस्ने देवी सहकारी,  दानबहादुर सहकारी, नरहरिनाथ ३ भरता बस्ने अम्मर बहादुर बिष्ट, गणेश आचार्य, दुर्घटनामा चालक दैलेख दुल्लु नगरपालिका स्याला बस्ने  जगत बि.क. हुनुहुन्छ ।  उहाँहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।