जब एक शारीरिक सुगठन खेलाडी प्रतियोगिताका लागि तयारीमा लाग्छ उसले दैनिकी त्यागेर धेरै संयमित जीवन अपनाउनुपर्ने हुन्छ । आहारको योजना बनाउने, के खाने के नखाने विचार गर्ने, ‘विक प्वाइट ट्रेनिङ’, ‘लो फ्याट पर्सेन्टेज एन्ड वाटर लेबल मेन्टेनिङ’, ‘डेप्थ एन्ड डिफाइन्ड मसल्स मेन्टेनिङ’, कति व्यायाम गर्ने, कति आराम गर्ने, कति सुत्ने आदि विषयमा विशेष ध्यान दिनु पर्दछ ।
त्यसबाहेक विश्वमा धेरै पहिलाबाट खेलाडीले उत्कृष्ट बन्ने चाहनामा वा अन्यले आकर्षक/सुडौल शारीरिक बनोटका लागि वा शारीरिक बल प्राप्तिका लागि गर्ने ‘जुसिङ टे«निङ’ परिपाटी यहाँ नेपालमा पनि अभ्यासमा आउन थालेको प्रतीत हुन्छ । त्यसका केही प्रमाण पनि छन् । शरीरमा यस्तो प्रयोग स्वास्थ्यका लागि घातक छ ।
जब कसैले ‘जुसिङ’ वा ‘र्वाइडस्’ (जिम जानेहरूले स्टेर्वाइडलाई भन्ने ‘स्लाङ्ग’ शब्द) त्यागेर शुद्ध टे«निङ गर्न थाल्छ उसलाई एक पटक कडाखाले व्यायाम गरेपश्चात् पुनः व्यायामका लागि तयार हुन लामो समय लाग्छ । यसलाई गाह्रो हुन्छ तथा साथसाथै केही समयभित्रै उनको बल र शारीरिक आकारमा ह्रास आउन थाल्छ । ‘जुसिङ टे«निङ’ मा शारीरिक सौष्ठव र बल दुवै छोटो समयमै वृद्धि हुन्छ तर बढेको सुष्ठुता र बललाई कसैले पनि यथावत् कायम राख्न सक्दैन ।
सात पटक मिस्टर ओलम्पिया, कुनैबेला क्यालिफोर्नियाको गभर्नर तथा हलिउड एक्सन चलचित्रका हस्ती आर्नोल्ड स्वार्जेनेग्गरले अभिनय गरेको सन् १९८७ को बहुचर्चित एक्सन/साइन्टिफिक–फिक्सन चलचित्र प्रेडेटर बडी बिल्डिङ खेल मन पराउनेले हेरेकै हुनु पर्छ । आर्नोल्ड (मेजर एलान ‘डट्च’ सेफर) उनका अर्का साथी जेस्सी भेन्चुरा (ब्लेन) को पाखुराको नाप त आर्नोल्डको भन्दा एक इन्च ठूलो थियो । अन्य कलाकार कार्ल वेदर्स (डिल्लोन), सोन्नी लान्धाम् (बिल्ली), सेन ब्लाक (ह्वकिन्स), बिल ड्युक (म्याक) सबै सुष्ठुताका धनी र बलिष्ठ थिए । अहिले त्यस चलचित्रका कतिपय पात्र मरिसके भने कतिपयको शारीरिक आकार घटेर आधा भइसक्यो । त्यस बेलाका कतिपय बडी बिल्डर्स, रेस्लर्सले कि त जुस लिन छोडिसके र केही ४०–५० वर्षको उमेरमै दिवङ्गत भइसके । केही व्यावसायिक रेस्लर, अल्टिमेट वारियर, ¥यान्डी सावेज, मी पर्पmेक्ट, रोड वारियर हक, रिक रुड, ब्रिटिस बुल डग डाभे ब्वाइ स्मिथ, फ्लाइङ ब्रेन, व्रmुस, बिग बोस म्यान यी सबैले लामो समयसम्म औधी स्टे¥वाइड खाएकाले अकालमा ज्यान गुमाउनु परेको भनी पाँच देशमा अधिवक्ताको काम गर्ने कोलिन रियालिजले खुलासा गरेका थिए । त्यसताका ‘जुसिङ टे«निङ’ मा लागेका मध्येबाट हप्ता नबिराई खेलाडी मरेको समाचार साधारण बनेको थियो । त्यसरी मर्नेहरू अधिकांशलाई हृदयाघात भएको भनिन्छ ।
‘जुसिङ टे«निङ’ को यस्तो भयावह स्थिति भए पनि चिकित्सकीय रेखदेखमा मध्यमस्तरमा ‘जुसिङ टे«निङ’ गरेमा मरिहाल्ने खतरा कम हुन सक्ला तर मध्यम ‘जुसिङ टे«निङ’ को नतिजाबाट हुने मांसपेशीको विकास पनि त्यसका ‘एङ्कर प्वाइन्ट’ र जोर्नीको विकासको दाँजोमा धेरै छिटो हुने भएकाले लिगामेन्टसहित ती प्वाइन्टस् र जोर्नी क्षतिग्रस्त हुन पुग्छन् । अन्य स्वास्थ्य समस्या पनि हुन सक्छ ।
माथि प्रेडेटर चलचित्रको प्रसङ्ग आएको हुँदा थाहा पाइराख्नु उपयुक्त हुन्छ, उक्त चलचित्रमा प्रेडेटरको भूमिकामा सात फिट दुई इन्च अग्ला केविन पिटर हल थिए । उनको मृत्यु सन् १९९१ मा ३५ वर्षे उमेरमा भयो ।
यही २०८१ को चैत महिनामा आयोजना हुने नेपालको सर्वाधिक नगद पुरस्कार रहेको १७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीले जीवन गुमाउने गरेको प्रसङ्ग उठेको थियो । मिस्टर काठमाडौँ उपाधि विजेता प्रकाश राईको मृत्युबारे कुरा उठ्यो र धर्मश्रीमा त्यस्तो अवाञ्छित दुर्घटना रोक्न आयोजक नेपाल व्यायाम मन्दिरको तयारीका बारेमा कुरा चल्यो ।
निज मृतकको ‘ओटप्सी रिपोर्ट’ सार्वजनिक नभएको अवस्थामा मृत्युको कारण ठोकुवा गर्नु गैरजिम्मेवारीपूर्ण हुन्छ तर मृतकले प्रतियोगिता तयारीका क्रममा तीन/चार महिनादेखि नुन खान बन्द गरेका थिए र विजयको खुसियालीमा एकै पटक दुई बोतल कोक र चार/पाँच वटा बर्गर खाएकाले उनको मृत्यु भएको अनुमान गरियो । नुन खान बन्द गरेको अवस्थामा कोक र बर्गर खाँदा मृत्यु हुने कुरामा मेडिकल साइन्सले के भन्छ ?
मानिसलाई मात्र नुन आवश्यक पर्ने होइन पशुपन्छीलाई समेत बाँच्नका लागि नुन चाहिन्छ । हात्तीलाई पनि शारीरिक सन्तुलन मिलाउन र अस्थीलाई दरो तुल्याउन, मांसपेशी विकास गर्न तथा दिमाग दुरुस्त राख्न नुन आवश्यक पर्छ । उदाहरणका लागि जङ्गली हात्तीलाई वन पैदावर मात्र खाइरहँदा त्यसमा रहेको प्राकृतिक नुनले आवश्यकता पूर्ति गर्न नसक्ने भएकाले अफ्रिका महादेशको केन्यामा हात्तीको समूह त्यहाँको माउन्ट एल्गो पार्कमा गएर आफ्ना दाह्राले जमिन खनेर भूमिगत नुन खाने गर्छन् । गाउँघरतिर गाईवस्तुलाई घाँस पराल मात्र होइन नुन मिश्रित खोले पनि खुवाउने गरिन्छ ।
सोडियम क्लोराइड भनेको सोडियम र क्लोराइड आयनबाट नुन बनेको हुन्छ । जसमा झन्डै ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड रहन्छ । नुनले शरीरमा झोल पदार्थको सन्तुलन कायम राख्दै रक्तचाप व्यवस्थापनमा महìवपूर्ण भूमिका खेल्छ । नुन स्नायु प्रणालीको कार्यसम्पादन गर्न तथा मांसपेशीलाई सङ्कुचनका लागि नभई नहुने अति आवश्यक इलेक्ट्रोलाइटस् पनि हो ।
झाडापखाला वा अन्य कारणले शरीरमा जलवियोजन भएको अवस्थामा जीवनजल खुवाइने कुरा हामीलाई थाहै होला । जीवनजल पानी, ग्लुकोज, सोडियम र पोटासियमको सम्मिश्रण हुन्छ । यसले शरीरमा इलेक्ट्रोलाइट्स व्यवस्थापनमा योगदान गर्दछ । इलेक्ट्रोलाइट्सले शरीरमा झोल पदार्थ सोस्न मद्दत गर्छ । जब कसैले नुन खान छोड्छ उसको शरीरमा इलेक्ट्रोलाइट असन्तुलित हुन पुग्छ । यसले गर्दा मांसपेशीमा ऐठन, कमजोरी, बेहोस हुने, रगतमा एलडिएल कोलेस्टेरोल र ट्राइग्लिसेराड्स बढ्ने गर्दछ । यस समस्याले अन्ततः मुटुको रोग लाग्न सक्छ । उच्च रक्तचापसमेत हुने र मुटुको समस्याले मृत्युको सम्भावना १६० प्रतिशतले वृद्धि हुन पुग्छ ।
अचेल नुन खान निरुत्साहित गरिन्छ । चिकित्सकले पनि नुन कम खान सल्लाह दिन्छन् । शारीरिक सुगठन खेलका खेलाडीले प्रतियोगिताको तयारीमा शारीरिक सौष्ठव झन् राम्रो देखाउन नुन र पानी कम खाने गर्छन् तर गलत गणना र गलत समयमा यस्तो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक जना शारीरिक सुगठकलाई प्रशिक्षणको व्रmममा दैनिक नुन कति चाहिन्छ भनु पर्दा उसले कति पसिना निकाल्छ तथा त्यसबेला उसको स्वास्थ्य अवस्थामा त्यो निर्भर रहन्छ ।
सामान्यतया व्यायाम गरिँदा खर्च हुने प्रतिपाउन्ड पसिना बराबर प्रतिदिन २३० देखि ९२० मिलिग्राम सोडियम आवश्यक पर्दछ । कुनै खासबेला खेलाडी होस् वा अन्य व्यक्ति होस् नुन खान कम गर्न वा खान छोड्न चाहे योग्य डाइटिसियन वा चिकित्सकको सुझाव अनुसार मात्र त्यसो गर्नु पर्दछ । अन्यथा कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनाइ चरितार्थ हुन बेर लाग्दैन । अमेरिकन हर्ट एसोसियसन अनुसार मोटामोटी नुनको परिमाण नाप्ने विधि तालिका :
१/४ चिया चम्चा नुन = ५७५ एमजी सोडियम ।
१/२ चिया चम्चा नुन = ११५० एमजी सोडियम ।
३/४ चिया चम्चा नुन = १७२५ एमजी सोडियम ।
१ चिया चम्चा नुन = २३०० एमजी सोडियम ।
त्यस्तै पानीको सन्दर्भमा भन्नु पर्दा एक स्वस्थ वयस्क व्यक्तिलाई प्रतिदिन प्रतिकिलो शारीरिक तौल बराबर ३५ मिलीलिटर पानी चाहिन्छ । एक लिटरमा हजार मिली लिटर हुन्छ ।
५० केजी शारीरिक तौल = १.७ लिटर ।
६० केजी शारीरिक तौल = २.१ लिटर ।
७० केजी शारीरिक तौल = २.४ लिटर ।
८० केजी शारीरिक तौल = २.८ लिटर ।
साधारणतया प्रतियोगिताको ३६ देखि ४८ घण्टाअगाडि नुन छोड्न सकिने भनिन्छ र पानीको हकमा प्रतियोगिताको दुई दिनअगाडि साबिकको आधा र प्रतियोगिताको दिन ३/४ खण्ड पानी कम पिउन सुझाव दिइन्छ । धेरै पहिलादेखि पानी कटौती गर्न थाले बाहिरबाट आवश्यक पानी नपाउँदा शरीरले जिउमा भएको पनि भण्डारण गर्न थाल्छ र प्रतियोगिताका बेला पानी भण्डारणले शरीर थलथले देखिन्छ ।
नुनको विषाक्तता बारे पनि जानौँ । नुनको विषाक्तता तब हुन्छ जब शरीरमा नुन औधी भित्रिन्छ । त्यसबेला रक्तप्रवाहमा औधी सोडियमको मात्रा घुलिन पुग्छ । जसले गर्दा मगजका कोषिका क्षतिग्रस्त हुन्छन् । जसका कारण छारेरोग, कोमामा जाने वा मृत्युसमेत हुन सक्छ । फोक्सोमा पानी जमेर श्वास फेर्न कठिन हुन्छ, मिर्गौला क्षतिग्रस्त हुन्छ, वाकवाक लाग्छ, वान्ता लाग्छ, रक्तचाप उच्च हुन्छ, हृदय रोग लाग्छ र मस्तिष्कघात हुन सक्छ ।
–युवामञ्च