गुणबहादुर रोका
सुलीकोट, चैत ११ गते । गोरखा जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ३३ जनामा क्षयरोग पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङक अनुसार साउन महिना देखि फागुन महिनासम्म एक सय ३३ जनामा क्षयारोग पुष्टि भएको हो । स्वास्थ्य कार्यालल गोरखाका प्रमुख यामप्रसाद शर्माकाअनुसार ५५ जना महिला र ७८ जना पुरुषमा रोगको सक्रमण पुष्टि भएको हो ।
जसमध्ये ६५ जनामा पिबिसी टिबि फोक्सोमा किटाणु देखिएको ४१ जनामा पिसिडी फोक्सोमा किटाणु नदेखिने र बाँकी ३७ जनामा फोक्सो बाहेकका अन्य अंगहरुमा क्षयरोगको सक्रमण पुष्टि भएको बताईएको छ ।
जिल्लामा क्षयरोगको दर बढ्दो क्रम रहेको छ, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “गत आर्थिक बर्ष २०८०/ २०८१ मा २ सय ३२ जनामा क्षयरोग पुष्टि भएकाले यो बर्ष धेरै भन्दा धेरै क्षयरोगका बिरामीहरु पत्ता लगाई उपचारको दायरामा ल्याउने उहाँको भनाई छ ।”
नेपाल सरकारले सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त राष्ट्र घोषण गर्ने राष्ट्रिय उदेश्य सहित गोरखाका ११ वटा स्थानीय तहमध्ये गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले क्षयरोग मुक्त पालिकाको कार्यक्रम समेत सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा क्षयरोग भएकाहरुमध्ये ९२ प्रतिशतको सफल उपचार भएकाले पनि क्षयरोग सक्रमण पुष्टि भएमा लगात्तर ६ महिनासम्म औषाधी सेबन गर्नुपर्ने छ, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “ठीक भयो भनेर बीचमा औषाधी सेबन गर्न छोड्यो ।
बिरामीको बहुऔषाधी प्रतिरोधात्मक क्षमता बढ्न जान्छ र औषाधीले पनि काम गर्न नसक्ने अबस्था आउन सक्छ,” उहाँले भन्नुभयो ।
क्षयरोगको समयमै उपचार नभए यसले अर्को ठुलो समस्या निम्त्याउन सक्ने भएकाले पनि क्षयरोगका बिरामीहरुलाई स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा औषाधी प्राप्त हुने स्वास्य कार्यालय गोरखाले जनाएको छ । समयमै उपचार गरि औषाधी सेबन गरेकामा कुनै समस्या नहुने पनि बताईएको छ ।